कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

आज (शनिबार) बसेको बोर्डको बैठकले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि परीक्षा सञ्चालनका लागि विभिन्न कठिनाइ उत्पन्न भएको कारण स्थगित गरिएको हो । परीक्षा अहिलेलाई स्थगित गरिएको र परीक्षा हुन १५ दिन अगाडि सूचना जारी गरेर जानकारी दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *