काठमाडौंबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

काठमाडौंबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही थालिएको वृत्तले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *