नागरीक आरोग्य केन्द्र कृष्णनगरको उत्प्रेरणामा योग समिति गठन

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, साउन २४ गते।

नागरीक आरोग्य केन्द्र कृष्णनगरको उत्प्रेरणामा कृष्णनगर वडा नं ९ बहादुरगन्जमा योग समिति गठन गरिएको छ ।

नागरीक आरोग्य केन्द्र कृष्णनगरका कविराज डाक्टर नागेश्वर प्रसाद मिश्राको उत्प्रेरणामा १२ सदस्यीय योग समिति गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै डाक्टर मिश्राले निरोगी बन्नका लागि नियमित योग अभ्यास जरूरी रहेको र व्यक्तिगत मानसिक एवं शारीरिक शान्ति र स्वास्थबिना देशको विकास र समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै योगप्रति मानिसको आकर्षण बढ्दो छ । आयुर्वेद चिकित्सा पद्धतिले रोगीको उपचार भन्दा स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा पक्ष लाई धेरै महत्व दिन्छ चिकित्सा पद्दतिले रोग लागी सकेपछिको उपचार अनि शारीरिक पक्षलाई धेरै महत्व दिन्छ ।

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक महत्व दिन्छ । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन मानिएको समेत मिश्राले व्याख्या गर्नुभयो ।

कार्यक्रममा योग प्रशिक्षक आकाश गुप्ता , समितिका संयोजक अरबिन्द सिंह, अध्यक्ष भैभव प्रताप शाह , शिक्षक जंग बहादुर शाही, समाजसेवी निर्भय सिंह  लगायतले योग बारे बोल्नु भएको थियो ।

भोली सोमबार देखि योग कक्षा संचालन हुने योग प्रशिक्षक आकाश गुप्ताले जानकारी दिनुभएको छ ।

संयोजकमा अरबिन्द कुमार सिंह , अध्यक्षमा वैभव प्रताप शाह, उपाध्यक्षमा रेशम थापा , कोषाध्यक्षमा चन्द्र किशोर मिश्रा, सचिवमा प्रिन्स मिश्रा , सदस्यमा अवधेश चौधरी, विजय यादव, समर मोदनवाल , प्रताञ्जल मिश्रा, राजकपुर गुप्ता , विकास ठाकुर, विकास मोदनवाल, संरक्षकमा वडा अध्यक्ष राममिलन चौधरी , जंग बहादुर शाही , कविराज नागेश्वर प्रसाद मिश्रा लगायतको सदस्यतामा योग समिति गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *