आज थपिए २ हजार ५४८ जना कोरोना संक्रमित, कुल संख्या ७ लाख ८३ हजार ३५५पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २४ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ५४८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख ८३ हजार ३५५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ६ लाख ६९ हजार २९९जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *