अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलायो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ३२ गते।

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।

तालिबानहरूले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको छ।

हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू रनवेमा लगेज गुडाउँदै जहाज चढ्न गइरहेको देखिन्छ।

कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्छ। धावनमार्गमा मानिसहरू बसपार्कमा गाडी चढ्न गएजसरी हिँडिरहेका देखिन्छन्।

भिड अनियन्त्रित भएपछि सोमबार बिहान विमानस्थल नियन्त्रणमा लिएको अमेरिकी सेनाले हवाई फायर गरेको छ।

सोमबार बिहानदेखि विमानस्थलबाट हुने सबै व्यवसायिक उडान स्थगित गरिएको छ। विमानस्थल प्रशासनले उडान बन्द भएको भन्दै विमानस्थलमा भिड नगर्न  भनेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *