राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २ गते।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको हो ।

मङ्गलवारको मन्त्रिपरिषद् बैठकबाट सो अध्यादेश राष्ट्रपति कहाँ सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका स्रोतकाअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *