अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,भदौ २ गते।
रानिगन्जकी एक किशोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि आएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
मृत्यु भएको किशोरीको घटनामा स्थानीय तथा परिवारजनले हत्या भएको दावी गर्दै प्रदर्शन गरेका छन् ।
साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिईन् ।
उनको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।