आज थपिए ३ हजार ४०३ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख १७ हजार ५३०पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार ४०३जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख १७ हजार ५३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या ६ लाख ८९ हजार १७३  जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ४२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *