रसुवामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु, एक जना बेपत्ता

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।

रसुवामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु भएको छ ।

एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो ।अर्का एक बच्चाको खोजीकार्य जारी छ ।

‘श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ, अर्को एक जनाको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले भने । पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए ।

श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *