देशका विभिन्न स्थानमा आज पनि वर्षा हुन सक्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखा​ले जनाएको छ ।

महाशाखाले आज न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *