सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,भदौ ४ गते।

लागूऔषध ब्राउन सुगरसहित ३ जना सिरहाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेका छन् ।

लहान नगरपालिका-५ बाट उनीहरुलाई ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहकेो प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *