पूर्व मंत्री हृदेश त्रिपाठी भोली कपिलवस्तु आउदै ,जनतामा उत्साह

अनलाईन न्युजपाटी , सहबाज खान,कपिलवस्तु समाचारदाता, भदौ ४ गते।

नेपाल सरकारका पूर्व मंत्री तथा स्वतंत्र राजनीतिक समुहका संयोजक समेत रहेका हृदेश त्रिपाठी भोली भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन् l

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभराको समयमाता पूरम मंदिरको धर्मशालामा कार्यकर्ता तथा शुभचिंतक हरूको भेटघाट गर्नका लागि कपिलवस्तु भ्रमणमा आउने भएका छन् l

आफ्नो कार्यकालमा  पूर्व मंत्री हृदेश त्रिपाठीले कपिलवस्तु जिल्लामा  विकास निर्माणको क्षेत्रमा विशेष योगदान गरेकाले उहां कपिलवस्तु भ्रमणमा आउने कुरा लाई लिएर

जनतामा उत्साह देखिएको परमेश्वरी दयाल मिश्रले बताए l

पूर्व मंत्री त्रिपाठीको स्वागत नेता तथा अभिनेता श्याम कुमार मिश्र को अगुवाईमा , गोबर्धन मौर्य, कपुर पासवान, श्याम सुंदर चौधरी, राजमन थारू चौधरी, सरदार नाउँ, हरिराम तेली , छोटे लाल यादव, धनि राम मौर्य , शामा मुसलमान, मनिराम चौधरी, भादौ तेली,प्रेम  शंकर शुक्ल, हरि प्रसाद यादव, गोली केवट, दिलिप चौधरी, रामरूप विश्वकर्मा, टेकधर उपाध्याय, दिलिप चौधरी, पंचराम कहार, राम अवतार बरई लगायत वुद्धजीवी, शिक्षा प्रेमी, समाजसेवी महानुभाव हरूले स्वागत गर्ने हरिद्वार प्रसाद चौधरी (पप्पु चौधरी) ले जानकारी दिए l

शनिवार भोली ११ बजे शुरू हुने  कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी गराउदै उक्त समय र उक्त स्थानमा उपस्थितका लागि सम्पूर्णमा अनुरोधका लागि आह्वान देवेंद्र कुमार चौधरी (पप्पु) ले गर्नुभयोl

COVID-19 को संक्रमण बाट आफू बच्न र अरूलाई बचाउनका लागि कार्यक्रममा आउदा नेपाल सरकारले  जारी गरेको स्वास्थ्य मापदंड पाल्ना गरि कार्यक्रममा सहभागी हुन श्रवण कुमार चौधरीले अपिल गरेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *