काबुलको विमानस्थलमा आइतबार साँझ फेरि विस्फोट

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १३ गते।

काबुलको विमानस्थलमा आइतबार साँझ फेरि विस्फोट भएको छ। 

प्रारम्भिक जानकारीअनुसार घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। 

अफगान प्रहरीका अनुसार विमानस्थलबाट उत्तरपूर्वी क्षेत्रमा रकेट प्रहार गरिएको हो। आक्रमण कसले गरेको भन्ने खुलिसकेको छैन। 

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले आज पुनः काबुल विमास्थलमा आक्रमण हुने खतरा रहेको भन्दै आफ्ना नागरिकलाई विमानस्थलभन्दा टाढा रहन आग्रह गरेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *