स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, आषाढ २ गते

स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै विभिन्न परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारका लागि आवेदन माग गरिएको छ ।

त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।

मन्त्रालयले सूचना जारी गर्दै सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *