आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १६ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल देशभर सामान्य  बदली  रहि प्रदेश नं १ र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेश  कर्णाली  प्रदेश र  सुदुरपश्चिम प्रदेशका एक दुइ  स्थानहरूमा  वर्षा  भइरहेको छ।

दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

देशको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  साथै  प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *