धनुषाका विद्यालयहरू ६ देखि माथिका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न पाउने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ १६ गते।

लामोसमयदेखि बन्द धनुषाको शैक्षिक संघसंस्था मापदण्डको पालना गरि खोल्न दिने प्रशासनले निर्णय गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाको अध्यक्षतामा सोमबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकबाट ६ कक्षाभन्दा माथिका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने उनले बताए ।

विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने नियम समेत लगाएको छ ।

विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *