लहान यातायात कार्यालयबाट अस्थाई चालक अनुमतिपत्र वितरण सुरु

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,असोज १ गते ।

सिरहाको लहान स्थित यातायात ब्यवस्था कार्यालय लहानले अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य शुरु गरेको छ। यातायात कार्यालय लहानले पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र बितरण गरेको हो ।

कार्यालय प्रमुख मिन भट्टराईको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज  कर्णेल का अनुसार यातायातमा रहने बिचोलियाहरुको न्यूनीकरण गर्न र यातायातमा भएको सिमत श्रोत साधन र कर्मचारीहरुले गर्दा केही काठनियाईहरु हुन् सक्लान तर जिल्ला प्रसासण,ईलाका प्रसासन कार्यालय, नापी कार्यालय, यातायात कार्यालयहरुमा आम जनताको भिडभाड निकै हुने गरेका बताए ।

उक्त भिड कम गर्न हामी अन्लाईन सेवा सुरु गर्न पहल गर्ने गरेका छौँ। यातायात कार्यालयले दिने गरेका सेवामा थप सुधार गर्न हामीले लगेका छौँ। नागरी संतुष्टि गर्ने कामलाई निरन्तरता दियोस उनको भनाई थियो।कार्यालय प्रमुख भट्टराईका अनुसार कार्यालयमा भएको कमिकजोरी लाई आत्मसात गर्दै नयाँ गतिविधिका साथ कार्यालयलाई अगाडि बढाउने उनले बताउनु भयो। सबैको सल्लाह सुझावको आत्मसात गर्दै अगाडि बढने बताए ।

विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघको केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ताका अनुसार यातायात कार्यालय लहानले जुन नयाँ QR कोर्डको वितरण गरेको छ त्यो निकै नै सराहनीय काम रहेको बताउदै सुभकामना व्यक्त गरेका थिए।

देशभरिका यातायात कार्यालयको ३२ शाखा मध्ये काठमाण्डौ ,जनकपुर ,महत्तोरीको बर्दिबास र सिरहाको लहानबाट अस्थायी चालक अनुमतिपत्र बितरण गरेका छन् । यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारी दिनुभयो ।

सवारी ट्रयाल परीक्षा उत्तीर्ण गरीसके पछी सेवग्राहीहरुले स्मार्ट लाईसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नु पर्ने झन्झट,अन्त्य भएको यातायात कार्यालय लहानका प्रमुख  मिन भट्टराईले जानकारी दिनु भयो।

अब त्यस अवधिसम्म यातायात कार्यालयले दिएको पर्चि  बोकेर सबारी साधनहरु चलाउनु पर्ने बाध्यताको अनत्य भएको यातायात कार्यालय लहानका प्रमुख भट्टराईले बताए  ।

ट्रायल परिक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरुलाई एक हप्ता भित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने निमित प्रमुख भट्टराईले बताए ।

उनले अव कसैले पनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *