दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १ गते ।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी आजदेखि सुपथ मूल्यका पसल सरकारले सञ्चालनमा ल्याएको छ।

सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ ।

देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटा/मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी/फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ ।

यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन गरेको छ ।

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *