अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ४ गते।
धनुषामा पोखरीमा आमा–छोराको शव फेला परेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलकी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुश कुमार सिंहको शव घर नजिकैको पोखरीमा सोमबार बिहान फेला परेको हो ।स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय ढल्केबरको टोली पुगेर आमा–छोराको शव पोखरीबाट निकालेको छ । शव पोष्टमार्टमका लागि जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमान घरमा नभएको बेला ति महिला र उनका छोराको शव पोखरीमा फेला परेपछि घटना रहस्यमीय बनेको छ । अहिले घटनाको रहस्य बाहिर आउन सकेका छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।