४० किलो चाँदीसहित एक जना रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,असोज ५ गते।

४० किलो चाँदीसहित एक जना रौतहटबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौर नगरपालिका ४ स्थित बसपार्कबाट सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह सोनार छन् ।

रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट आउँदै गरेका सोनारलाई चाँदीसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट दुई वटा झोलामा रहेको ४० किलो चाँदी बरामद गरिएको रौतहटका प्रहरीले जानकारी दिए।

बरामद गरिएको चाँदीको बजार मूल्य रु. ३९ लाख ४४ हजार रहेको उनले बताए। सोनारलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको चिमरियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *