सरुवा हुने बेलामा सशस्त्र प्रहरी निरीक्षक बमले दिए ठुलो मात्रामा तस्करीको लाईन

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असोज ५ गते।

सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल वीरगंज भन्सार बिओपीको मिलोमतोमा ईनार्वा गाऊको नाकावाट व्यापक रुपमा तस्करी शुरु ।

सशस्त्र प्रहरी बल भन्सार बिओपीको मिलोमतोमा छिमेकी मूलुक भारतको रक्सौल बजारवाट लाखौं लाखौं मूल्य बराबरको लत्ताकपडा खरिद गरि मुख्य भन्सारको नाका र भारतको अहिरवाटोला, बलिरामपुर नाकाको बाटो प्रयोग गरि  तस्करहरु दिनहुँ लाखौं रुपैयाको राज्शव छलि गरि नेपालमा भित्रायाउने गरेको एकजना प्रत्यक्षदर्शीले बताउँछन् ।

वीरगंज भन्सारको मुख्य नाकाको बाटो भई तस्करहरुले झन्दै २० जना  महिला समुहरुको प्रयोग गरि नाका कटाउने गर्छा भन्ने टेम्पो र अटो प्रयोग गरि दिन्हुँ लाखौं लाखौं  रुपैयाँको राज्शव छलि भईरहेको छ।

सशस्त्र प्रहरीको वीरगंज भन्सार कार्यालयको टोली २४ घण्टा डियुटी खटिरहेपनि सशस्त्र प्रहरीको आखाँ अगाडीवाट नै तस्करहरुले साईकल वा मोटरसाइकलमा ५० लाख भन्दा बढी मुल्यको भित्राउदा पनि सशस्त्र प्रहरीको टोली नजराना बुझि छाददै गरेको नाऊ नछाप्रने सर्तमा एक सशस्त्र प्रहरीको जवानले बताएका छन्।

केही दिन पहिला सशस्त्र प्रहरी बल बिओपी भन्सार प्रमुख एवम सशस्त्र  प्रहरी निरीक्षक स्वर्ण बमले तस्कर र तस्करीलाई सगाएको आरोपमा सशस्त्र प्रहरी बल २ प्रदेश प्रमुख एवम सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले  २ दिनको तान्नी कार्याबाही गरि बमलाई एक पटकको लागि चेतावनी दिएर बिओपी पैठाएपनि हाल बमले ठुलो रुपमा कपडा , हाडयेवर ,  लगाएतका सामानहरु अहिरवाटोला नाका  भई   रातिको समयमा सिमापारी सम्म साईकल , मोटरसाइकलमा ल्यापनि नेपाल पारी टिम्पुवाट ल्याई वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनार्वा गाऊवाट हुँदै बाईपासको बाटोवाट ल्याई वीरगंजका विभिन्न ट्रान्सपोर्टाहरुमा पुर्याउने गरेका छन् ती ट्रान्सपोर्टाहरुको माध्यमले नेपालका काठमाडौं , नारायणगढ लगाएतका स्थानहरुमा तस्करीको सामानहरु पुर्याउने गरेका छन्।तस्करीका लाईन सशस्त्र प्रहरी बल बिओपी वीरगंज  भन्सारका प्रमुख एवम सशस्त्र  प्रहरी निरीक्षक बम वीरगंज भन्सार बिओपीमा आएपछि तस्करीको लाईन दिएको कारण बिवादमा परदै आएको कारणले सशस्त्र प्रहरीको २ प्रदेशका बाहिनीले कुनै कार्यबाहि नगर्नु र सानो तिनो दर्जका सिपाही हवल्दारले डिप्टी गरिरहेपनि सानो तिनो गल्ती हुदा कार्यवाही समेत गर्नु र ठुलो मात्रामा तस्करी लाईनको पैसा खाई तस्करीको लाईन दिएको सशस्त्र प्रहरी निरीक्षक बमलाई केही कार्यवाही नगरेको हुनाले डिआईजी चन्द्रप्रकाश गौतम माथि पनि शंकाको बिषय बनेको छ।

मुख्य नाकाको जिम्मेवारी सशस्त्र प्रहरीको पाएको हुदा  सिमानाकामा वाट वारापारी भईरहेको तस्करी उसकै कारण भईरहेको   सर्बसाधारणहरुले बताएका छन्।

राजशव अनुसन्धान कार्यालय पथलैयाका केही कर्माचारीहरुले ट्रान्सपोर्टामा लोड भएको अवैध लत्ताकपडा को  गाडिहरु शीत प्रत्येक गाडिहरुसंग २५ हजार देखि ५० हजार सम्म असुल्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *