अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ६ गते।
कोरोनाका कारण बन्द गरिएका सबै सीमानाका सरकारले खुला गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले सबै सिमानाका खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्रीले जानकारी दिए ।
योसंगै भारतसंगको सबै सीमानाका खुल्ने जनाएको छ ।
यस्तै, सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको हो । सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ ।
समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।