भारतले कोभिड–१९ विरूद्धको खोप निर्यात अक्टोबरदेखि पुनः सुरू गर्ने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज ६ गते।

अक्टोबरदेखि भारतले कोभिड–१९ विरूद्धको खोप निर्यात पुनः सुरू गर्ने निर्णय गरेको छ ।

यस वर्षको सुरुदेखि भारतमा कोरोनाभाइरसको रोग बढ्दै गएपछि भारतले खोप निर्यात रोकेको थियो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मन्सुख माण्डभियाले सोमबार चौथो त्रैमासिकको सुरू अर्थात् अक्टोबरदेखि भारत सरकारले ‘भ्याक्सिन मैत्री’ पुनः आरम्भ गर्ने बताए ।

यो पहल विश्वभरका देशहरूलाई कोभिड खोप प्रदान गर्ने र कोभाक्स अन्तर्गत आफ्नो जिम्मेवारी पनि पूरा गर्ने पहल भएको उनले बताए । 

“‘भ्याक्सिन मैत्री’ अन्तर्गत हामी विश्वलाई मद्दत गर्नेछौं र चौथो त्रैमासदेखि कोभाक्समा योगदान गर्नेछौं,” माण्डभियाले संवाददातासँग भने । अर्को महिना सरकारले खोप उत्पादकहरूबाट ३० करोडभन्दा बढी मात्रा पाउने आश्वासन मिलेको छ भने यो खोप तत्काल विश्व बजारमा जानेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *