अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ६ गते।
नेपाली कांग्रेका नेता डा. नारायण खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् ।
बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

बुधबार दिउँसो १ बजे शपथपरराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काले सपथ लिने कार्यक्रम तय गरिएको छ । पदभार ग्रहण गरेपछि राति ८:३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन खड्का न्युयोर्क जाँदैछन् ।