अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज ६ गते।
संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी आज प्रस्थान गर्नु भएको छ ।
उहाँको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नुहुने छ ।
आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्न र आतंकवादसंग लड्नका उपायहरुबारे छलफल हुने अपेक्षा गरिएको छ ।उहाँहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई अझै बीच बलियो बनाउने उपायहरुका बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ ।