अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज ८ गते।
दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ ।
हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् ।
रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए ।
गोली लागेलगत्तै उनको मृत्यु भएको छ ।