अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,असोज ९ गते।
विभिन्न पार्टी प्रत्यागगरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा ४२ जनाले पार्टी प्रवेश गरेका छन्।सिरहाको लहान नगरपालीका वडा२० मा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी प्रत्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका लहर नै चलेको छ् ।
स्थानीय युवा नेता गंगा साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व कानुन मन्त्री तथा माओवादी केन्द्रका सिरहा जिल्ला संयोजक अजय शंकर नायक अभिनास रहनु भएको थियो।
प्रमुख अतिथि नायकका अनुसार हामीले देशमा जनयुद्ध लडनुका कारण देशमा गरिबी हटाउन देशमा समृद्धि ल्याउन जनताको रक्षा गर्न तपाईं हामी सबैको जिम्मेवारी हो बताए।
देशमा घरको समस्या समाधान भयो भने हामी लोकतान्त्र र गन्तन्त्रको अनुभुती हुन्छ जनसमुदायमा अपिल गरेका थिए। देशको हरेक निकायमा समाबेशि समानुपातिक हुन्छ उनले बताए।दीर्घ रोगी र देशमा बिकासको लहर आउँछ भने बताए आउने चुनावमा ओली प्रविधिको अन्त गरेरै छाडछौ बताए ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा युवा नेता जिबछ यादवका अनुसार बिभेदकारीहरु लाई उनमुल गर्न देश मा नेपाल कम्युनिस्ट पार्टीको खाचो रहेको बताए नेपाल् कम्युनिस्ट पार्टी नै देशमा बिकास गर्छ भने बताए।
नेता गणेश चौधरीका अनुसार जातिय उतपिडन र छुवाछूतको विरुद्धको काम नेपाल कम्युनिस्ट पार्टी नै गरेको बताए। हाम्रो पार्टी समाजमा झगडा लगाउने पार्टी होई बताए समाजमा अत्याचारको निर्मुल गर्ने काम हाम्रो पार्टीले गरेको हो।
देशमा निकै ठुलो प्रतिगामि शक्तिको परिनत हुँदै छ हाम्रो पार्टी नै हो नेता हेमन्त यादवले बताउनु भयो ।कार्यक्रममा नेता सुरेन्द्र साह , बिजय गुप्ता, अशा नन्द यादव ,बालेश्वर साह , विवेक परियार अनिल,चन्देश्वर यादव,राम परिक्षण महतो, देबराम यादव लगायत हजारौं युवा कमरेडहरुको सहभागीता रहेको नेता आशा नन्द यादवले जानकारी दिनु भयो।