नागढुंगाबाट ९५ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ९ गते।

नागढुंगाबाट ९५ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना  घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।

उनीहरू चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइसको ८ र ९ नम्बर सिटमा थिए । प्रहरी प्रभाव नागढुंगाको टोलीले चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो  ।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं राखेर अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *