अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असोज ९ गते।
१७ किलोग्राम लागुऔषध गाँजासहित विराटनगरबाट एक महिलालाई प्रहरीले पक्राउ परेको छ।
विराटनगर महानगरपालिका-१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपीले बताए ।
गाँजा किनबेच भइरहेको सूचनाका आधारमा इ लाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले घरबाट १७ किलो गाँजा बरामद गरेपछि यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा विभिन्न बाटो हुँदै विराटनगरसम्म ल्याएर भारततिर तस्करी गर्ने धन्दामा यादवको संलग्नता देखिएको छ। यसको कारोबारमा अरु व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धान भइरहेको एसपीले बताए।