प्रतिबन्धित लागूऔषध १० किलो चरेस सहित दुई जना पर्साबाट पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,असोज १९ गते।

प्रतिबन्धित लागूऔषध १० किलो चरेस सहित दुई जनालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ ।

जगरनाथपुर–२ जानकीटोलमा चेकजाँच गर्ने क्रममा बीआर २२ एक्स २७३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट चरेस बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

पर्साको जिराभवानी गाउँपालिका–३ हरैयाका १८ वर्षीय सुनिल माझी र अर्का १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान मोबाइल सेट, भारु १ सय, नेरु १३५ रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *