आईपीएलमा सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १९ गते।

आईपीएलमा सोमबार राति  भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित  गरेको छ ।

यसजितपछि १३ खेलबाट २० अंक जोड्दै दिल्ली शीर्ष स्थानमा समेत उक्लेको छ ।

खेलमा चेन्नाइले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ३९ रन बनाए । शिम्रन हिटमायरले १८ बलमा अविजित २८ रन जोडे । चेन्नाइका रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा पाँच विकेट गुमाएर १३६ रन बनाएको थियो । चेन्नाइका अम्बाती रायडुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । रोबिन उथप्पाले १९ तथा कप्तान महेन्द्र सिंह धोनीले १८ रन जोडे ।

दिल्लीका अक्सर पटेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । एनरिक नोर्किया, आभेष खान र रविचन्द्रन आश्विनले समान एक/एक विकेट लिए ।

जितपछि १३ खेलबाट २० अंक जोडेको दिल्ली चेन्नाइलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *