अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १९ गते।
त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको एउटा जहाज आज बिहान पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ।
काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।
त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’
श्री एयरलाइन्सका प्रबन्धकले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए। जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।