कृष्णनगरमा फैलियो झाडापखालाको प्रकोप , दुईको मृत्यु

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, असोज १९ गते।

जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखाला फैलिएको छ ।कृष्णनगरको वडा नं.७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको छ  ।

शिवराज  अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारको लागि सयौँ बिरामीहरू आएका छन् र कृष्णनगर नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएका छन र        

हामी खटेर उपचार गर्दैछौं शिवराज अस्पतालका  मेसु डॉ मुकेश चौधरीले  बताए  ।

झाडा पखालाका  कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी  शिवराज अस्पतालमा  भर्ना समेत  छन् । एकैपल्ट यतिधेरै मानिस बिरामी भएपछि महामारी फैलिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *