अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २० गते।
सोह्रश्राद्ध आज सकिँदै छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आजबाट सकिँदैछ। आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदैछ।
भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो।
सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ। जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ। पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ।
पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात औँसी तिथि श्राद्ध गरिन्छ। कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्षको सुरुवात हुन्छ। दुर्गा पक्ष अर्थात् बडादसैं भोली देखी सुरु हुँदै छ । भोलि २१ गते सबैको दसैंघर वा पूजा कोठमा घटस्थापना गरीन्छ।