आज लालबाबु राउतले प्रदेश सभामा विश्वासको मत लिने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २० गते।

आज लालबाबु राउतले प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधान अनुसार राउतले विश्वासको मत लिन लागेको हो ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ ।

भदौ ९ गते जनता समाजवादी पाटी(जसपा) विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टीको प्रमाण पत्र निर्वाचन आयोगले दिएको थियो । तर जसपाले जनप्रतिनिधीहरुलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौ सम्म तोकेकाले त्यसलाई दलको विभाजनको अन्तिम मिति मानेर २० असोज मा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश २ मा जसपा ३८, नेपाली काँग्रेसको १९ र नेकपा माओवादी केन्द्रको ८ सांसद सहित गठबन्धनको सरकारको छ । १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई समर्थन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *