अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २० गते।
सर्वोच्च अदालतसँगै देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गते भोलिदेखि कोजाग्रत पूर्णिमा अर्थात् भोलिदेखि कात्तिक ३ गतेसम्म बन्द रहने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको मंगलबार बसेको पूर्णबैठकले सो निर्णय गरेको हो । बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ ।
सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए तापनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।