लागुऔषधसहित २ जना युवक रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ११ गते।

लागुऔषधसहित २ जना युवकलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपीका अनुसार विशेष इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगंजको  संयुक्त टोलीले चन्द्रपुर–४ स्थित चोकमा चेकजाँचको क्रममा रोज मोहम्मदको  झोला भित्र लुकाई  ल्याएको १० प्याकेट ३ हजार टयाव्लेट लागुऔषध फेला परेको थियो ।  

पक्राउ पर्नेहरूलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी  अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *