अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २० गते।
मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरुती मात्र नभई सामाजिक अपराध समेत रहेको बताउनु भएको छ।
जिलई जमईत अहलेहदिस प्रदेश न २ द्वारा धनुषाको गणेशमाण चारनाथ नपा २ छघरीया स्थित मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रम प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले दहेज रुपि सामाजिक अपराध लाई अन्त गर्नुको विकल्प नरहेको बताउनु भयो।
मुख्यमन्त्री राउतले दहेजको नाउमा सडकको अपराधीक घटनाहरु समाज भएको तथ्य उजागर गर्दै यस्ता अपराध अन्तको लागि सबैलाई आ- आफ्नो स्थानबाट प्रण गर्न आग्रह गर्नु भएका थियो।
समाजको अधा हिस्सा ओगट्को महिलाहरुको शिक्षामा जोड दिनु पर्नै उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुच नभए सम्म समाजले बिकास गर्न नसक्ने ठोकुवा गर्नु भयो।
प्रदेश सरकारले महिलाहरुको लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउदै उहाले शिक्षा नलिए सम्म उच्छ आरक्षणको समेत फाईदा लिन नसक्ने जिकिर गर्नु भयो।
मतिबुल रहमानको अध्यक्ष्तामा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पुर्व मन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपाक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरुले दहेज मुक्त समाज निर्माणका लागि आ- आफ्नो धारणा व्यक्त गर्नु भएका थिए।
कार्यक्रममा बौद्धिक पेसाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, उपप्रमुख विभिन्न राजनीति दलका नेता , सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो।