नालन्दा विश्वबिद्धालयको कार्यक्रममा सम्बोधन गर्न नेपाल परिवार दलको केन्द्रिय अध्यक्ष भारत जादै

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,कार्तिक २१ गते।  

नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल भारत प्रस्थान गर्नु भएको छ। इंडियन  फाउंडेशनको निमन्त्रणामा कार्तिक २१-२३ सम्म बिहारको नालन्दा विश्वबिद्धालयमा आयोजित बिशेष सभामा ढकालले सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनमा कोभिड-१९ पश्चातको विश्व व्यबस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति श्री एम.वेंकैया नायडुले उद्घाटन गर्नु हुनेछ।

बिहारका राज्यपाल फागु चौहान र  मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्नु हुनेछ। पूर्व मन्त्रि ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी लगायतका ब्यक्तीहरुको उपस्थिति रहने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *