अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस ११ गते।
बलिउड अभिनेता सलमान खानलाई आफ्नै फार्म हाउसमा सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो ।
उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।
फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् ।