दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस २० गते।  

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् ।

अरविन्द केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् ।

कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’

उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *