अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस २१ गते।
कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि भारतको राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले मंगलबार पत्रकार सम्मेलन गरेर दिल्लीमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउनुको विकल्प नरहेको बताएका थिए।
यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो ।
दिल्लीमा शनिबार र आइतबार अब कर्फ्यू रहनेछ। अत्यावश्यकबाहेकका सबै सरकारी काम अब घरबाटै हुनेछ।
निजी कम्पनीमा पनि ५० प्रतिशत मानिसले घरबाटै काम गर्नुपर्ने हुन्छ।
संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी गरिएको छ । राज्यभरका प्री-स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइनमार्फत् पढाइने छ ।
यसैगरी कक्षा नौदेखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ ।
सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ ।
नयाँ नियमहरु ६ जनवरी (बिहीबार)देखि लागू हुने र २१ जनवरीसम्म जारी रहने छ ।