अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ८ गते।
सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने सरकारले निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै माघ १० गतेबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले जानकारी दिए।
हाल कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको गुनासो आएपछि यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
अर्को आदेश जारी नभएसम्म रोक लगाउने निर्णय भएको सहसचिव पोख्रेलले जानकारी दिए।