अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १५ गते।
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ ।
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा शुक्रबार मध्यरातदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हटाइएपनि ट्याक्सी र निजी सवारी साधन भने उक्त प्रणाली यथावत नै रहेको छ । ट्याक्सी र निजी सवारीलाई गतेका आधारमा साबिककै जोर बिजोर प्रणाली लागू हुने आदेशमा भनिएको छ ।
सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ ।


अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने जनाइएको छ । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागू हुने छैन ।