जिल्ला प्रशासन कार्यालय पाल्पा द्धारा अत्यावश्यक बाहेक सबै सेवा स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १४ गते। 

कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा जिल्ला प्रशासन कार्यालय पाल्पाले स्थगित गरिएको हो ।

शान्ति, सुरक्षा, मुद्दा, विपत् तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *