अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १४ गते।
नेपाली विद्यार्थीहरुले काठमाडौँस्थित जापानी दूतावासमा धर्ना दिएका छन् । विद्यार्थीहरुले शुक्रबार पानी पोखरीस्थित दूतावास अगाडि धर्ना दिएका हुन् ।
विद्यार्थीहरुले प्रतिबन्ध फुकुवा गर, आखिर कहिले खुल्छ जापानलगायत नारा लेखिएका प्लेकार्ड बोकेर दूतावास अगाडि शान्तिपूर्ण धर्ना गरेका थिए।
धर्नामा सहभागी भएका विद्यार्थीले पछिल्लो समय जापानले विद्यार्थीबाट इन्टेक अनुसारको शुल्क लिने तर प्रवेश प्रतिबन्ध कायम नै राखेर विदेशी विद्यार्थीको शैक्षिक करियरमाथि खेलबाड गरेको आरोप लगाएका छन्।
कोरोना संक्रमणको खतराको कारण देखाउने विगत दुई वर्षदेखि नयाँ विद्यार्थीलाई प्रवेश नदिइएको विद्यार्थीले जनाएका छन्। उनीहरुका अनुसार रसिया, जर्मनी, बेलारुस, चीन, मलेसिया लगायतका अन्य २४ देशका विद्यार्थीहरुले पनि प्रतिबन्ध खुलाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।