बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १४ गते। 

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *