अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १५ गते।
सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ।
सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो। केन्द्रले त्यसलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको हो।