लागु औषध गाँजा सहित चार जना पर्साबाट पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, माघ १५ गते। 

लागु औषध गाँजा सहित चार जना पर्साबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्लास्थित बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार रहेको प्रहरीले जनाएको छ ।

लागु औषध गाँजाको विक्री वितरण गरिरहेको सूचनाको आधारमा अभियुक्तको घरमा खानतलासी गर्दा घरको कोठाको खाटमुनी लुकाइ छिपाई राखिएको अवस्थामा ७४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाकै विन्दावासिनी गाउपालिका–४ अमरपट्टीबाट झौवा जाने बाटोमा पनि दुईजना लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शंकास्पदरूपमा हिडीरहेका पाइएपछि चेक जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउपालिका–१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारी जिल्लाको भेलाही थाना १ बस्ने ४२ वर्षीय दसाही दास रहेका छन् । उनीहरुले बोकेको झोला जाँच गर्दा ७ किलो लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साले जानएको छ ।

प्रकाउ परेका अभियक्तहरुलाइृ नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय पोखरियाबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *