आज थपिए ४ हजार ९०४ जना कोरोना संक्रमित, कुल संख्या १० लाख ७३ हजार ८३६पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १५ गते।

आज पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ७३ हजार ८३६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *